नयाँ न्यायाधीशविरुद्ध चैत १० गतेभित्र उजुरी दिन सकिने
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध भोलिदेखि लागू हुनेगरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ ।
आज बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार आगामी १० गतेसम्म उजुरी दिन सकिने र त्यसको १० दिनपछि समितिको बैठकमा उहाँको सुनुवाइ हुनेछ ।
न्यायपरिषद्ले गत बिहीबार विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
टिप्पणीहरू