क्रिप्टो, हाइपर एप्लिकेसनमाथि प्रतिबन्ध

क्रिप्टो, हाइपर एप्लिकेसनमाथि प्रतिबन्ध

नेपालमा अवैध मानिएको क्रिप्टो, हाइपर नेटवर्किङ र अनलाइन जुवाजस्ता वेवसाइट र एपमाथि प्रतिबन्ध लाग्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल नेटवर्किङमा सर्वसाधारण ठगिने क्रम बढेपछि यस्ता एप र वेवसाइटमाथि प्रतिबन्ध लगाउने प्रक्रिया थालेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई अवैध आर्थिक कारोबार हुने एपहरू तत्काल बन्द गर्न निर्देशन दिएको हो । यस्ता गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग जोडिएको एप, वेवसाइटहरुलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउनेगरी निषेध, अवरुद्ध तथा कालोसूचीमा राख्न प्राधिकरणले भनेको छ ।

अर्थमन्त्रालयले यसअघि नै त्यस्ता कारोबारमा प्रतिबन्ध लगाउन सञ्चार मन्त्रालयसँग आग्रह गरेको थियो । सञ्चार मन्त्रालयको निर्देशनअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई यस्तो निर्देशन दिएको हो ।

टिप्पणीहरू