नवलपरासीमा बस र ट्रक ठोक्कियो, श्रीमती बितिन्, श्रीमान घाइते

नवलपरासीमा बस र ट्रक ठोक्कियो, श्रीमती बितिन्, श्रीमान घाइते

नवलपरासीमा बस र ट्रक एक आपसमा ठोकिँदा एकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा आज दुर्घटना भएको हो ।

दुर्घटनामा रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ की ३७ वर्षीयामायादेवी पाण्डेको ज्यान गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित मेडिकल कलेजमा आज मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएका मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भईरहेको छ । ४२ जना यात्रु लिएर काठमाण्डौबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग ठोक्किएका थियो ।

दुबै सवारीसाधनसहित चालकहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू