जथाभावी गरे कारवाही गर्ने स्थानीय प्रशासनको चेतावनी

जथाभावी गरे कारवाही गर्ने स्थानीय प्रशासनको चेतावनी

कोरोना जोखिम कायम रहेकाले भीडभाड नगरी होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौले सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासनले कारोनाको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाउन राजधानीबासीलाई अनुरोध गरेको हो ।

सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेर पर्व मनाउन जोड दिँदै होली पर्वलाई सभ्य तरिकाले मनाउन आग्रह गरिएको हो ।पर्व मनाउने नाममा अरुको इच्छा विपरित लोला, पानी छ्याप्ने, इच्छा विपरित कसैलाई मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने जस्ता गतिविधि गरेको पाइएमा कानुनी कारबाही गरिने प्रशासनको चेतावनी छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न प्रशासकीय अधिकृत शिव कुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ । कसैले ती कार्य गरेमा कानुनबमोजिम सजाय हुने उनले उल्लेख गरेका छन् ।

टिप्पणीहरू