रक्सीले मातेर गाडी कुदाउनेहरु ठाउँ-ठाउँमा समातिए
होलीलाई मर्यादित र व्यवस्थित बनाउन महानगरीय ट्राफिक महाशाखाले आज उपत्यका तीनै जिल्लामा विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।
होलीको दिन हुनसक्ने सम्भावित ट्राफिक नियम उल्लङघन रोक्न र शान्तिसुरक्षामा खलल पर्ने खालका गतिविधि रोक्न ट्राफिक महाशाखाले सुरक्षा व्यवस्था कडाइ गरेको हो ।
आज मापसे गरेर तीव्र गतिमा सवारी हाँक्ने १६३ वटा सवारी साधनलाई ‘होल्ड’मा राखिएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताए ।
तीमध्ये १०४ दुई पाङग्रे र ५९ चार पाङग्रे सवारी रहेका छन् । ट्राफिक नियम उल्लङघन गर्ने, तीव्र गतिमा र मापसे गरेर सवारी चलाउनेलाई दिनभर होल्डमा राखिने दासको भनाइ छ ।
आज सवारी साधन चेकजाँचका लागि मात्र १३ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ ।
टिप्पणीहरू