जुम्लाका पत्रकारले सुत्केरीलाई खानेकुरा बाँडे

जुम्लाका पत्रकारले सुत्केरीलाई खानेकुरा बाँडे

नेपाल पत्रकार महासंघ जुम्ला शाखाले त्यहाँका २५ जना सुत्केरीलाईलाई फलफूल बाँडेको छ । महासंघको ६७औं स्थापना दिवस अवसर पारेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रहेका सुत्केरीहरुलाई फलफूल वितरण गरिएको हो ।

जिल्लामा सञ्चालित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थितिमा २५ जना सुत्केरीलाईलाई फलफूल वितरण गरिएको महासंघका जिल्ला अध्यक्ष नेत्र शाहीले बताए । उनका अनुसार महासंघले जिल्लास्थित पत्रकारको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ ।

महासंघको स्थापना दिवसमा अवसरमा बोल्दै शाहीले जुम्लामा उर्वर रूपमा उदाइरहेको पत्रकारिताको संरक्षण तथा पत्रकारको अधिकारको विषयमा महासंघको पहिलो प्राथमिकता हुने बताए ।

महासंघ जुम्ला शाखाले एक वर्षमा प्रेस शिविर गरेर प्रेसपास वितरण, दुई वटा क्षमता अभिवृद्धि तालिम, कोभिडमा आइसुलेशन सेन्टर निर्माण, कोभिडमा माक्स स्यानिटाइजर वितरण महासंघमा सूचना केन्द्र स्थापनाको सुरुआतसहित विभिन्न काम गरेको पनि उनले जानकारी गराए ।

टिप्पणीहरू