भारतीयको करोडौँ लगानी खाइदिने ?

भारतीयको करोडौँ लगानी खाइदिने ?

धन भनेपछि महादेवको पनि तेस्रो नेत्र खुल्थ्यो रे भने कलियुगका मानवको त झन् के कुरा ! राजधानीका एक सुन व्यापारीले आफ्नै साझेदारको करोडौं रकम एक्लै पचाइदिने नियत पालेका छन् ।

न्युरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्यले लामो समयदेखिका भारतीय साझेदार लगानीकर्ता नरेश बर्मामार्फत किनिएको सुन, सुन व्यापारमा उनले गरेको लगानी र त्यसबापत प्राप्त मुनाफा गरी झण्डै साढे बाह्र करोड रकम पचाइदिने नियत राखेको बताइन्छ ।

दुई साझेदारबीच लामो समयदेखि हिसाबकिताबमा विवाद भएपछि उक्त प्रकरण प्रहरीमा समेत पुगेको थियो । छलफलका क्रममा गहना पसलका सञ्चालकद्वय शाक्य र बर्मा तथा मिडियटरको भूमिकामा सुनचाँदी व्यापार संघका अध्यक्ष माणिकरत्न शाक्य र सुरेश शाक्य थिए । तिनले दुई पक्ष राखेर एक साताभित्र हिसाबकिताब टुंग्याउने विश्वास प्रहरीलाई दिलाए पनि ।

तर, एक साता बितिसक्दासमेत प्रगति शून्य छ । अन्तिम डेटलाइन भन्दै भएको लेनदेन विवाद अन्ततः त्यसै टुंगिएको छ । सागर शाक्य दुई करोडसम्म तिर्न तयार देखिए पनि पीडित दाबी गर्ने उनका साझेदारले साढे १२ करोडबाट ब्याज छाड्दा पनि आफूले ९ करोड पाउनै पर्ने दावी गरिरहेका छन् । यही विषयमा बुझ्न सागर शाक्यसँग सम्पर्क गर्दा उनले भने, ‘यो सबै फोनमा भन्न मिल्दैन, भेटेरै बताउँला ।

मणिकरत्न शाक्यले भने पार्टनरसिप लिखितममा नभएको र मौखिक लगानी मौखिक रूपमै टुंग्याउन भारतीय साझेदारलाई दबाब दिइरहेको स्रोतको दाबी छ ।

टिप्पणीहरू