श्रीलंका थप अस्थिरतातर्फ उन्मुख

श्रीलंका थप अस्थिरतातर्फ उन्मुख

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । त्यहाँको सरकारले फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको हो । हिंसात्मक प्रदर्शन रोक्न सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रक्षा मन्त्रालयले अस्थायी रुपमा बन्द गरेको सामाजिक सञ्जाल कहिलेबाट प्रयोगमा आउने भन्नेबारे कुनै जानकारी दिएको छैन । श्रीलंकाको आर्थि स्थिति निकै दयनीय बन्दै गएको छ । दैनिक १३ घण्टाभन्दा बढी लोडसेडिङ हुँदै हुन थालेको मुलुकमा खाद्यान्नदेखि पेट्रोलियम पदार्थको चरम अभाव छ ।

श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार रातिदेखि संकटकाल घोषणा गरिएको छ । संकटकालसँगै सरकारले हिजो साँझदेखि ३६ घन्टे कर्फ्यू लगाएको छ ।

टिप्पणीहरू