एकल पुरुषको सहारा,जम्मा ५ सय बिचरा
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई पनि नगद भत्ता दिने भएको छ । अबदेखि गाउँपालिकामा रहेका एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिन लागिएको हो ।
तर त्यस्तो भत्ता लिन एकल पुरुष ६० वर्ष पुगेको र ६९ वर्ष ननाघेको हुनुपर्नेछ । गाउँपालिकाले एकल पुरुष भए पनि पेन्सन रकम बुझ्नेलाई उक्त सहयोग उपलब्ध नगराउने बताएको छ ।
पालिकाभित्र झण्डै एक सय जना त्यस्ता पुरुषलाई मासिक पाँच सय दिन लागिएको हो । यो व्यवस्थापछि गाउँपालिकाले मासिक औसत ५० हजार र बार्षिक छ लाख रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।
टिप्पणीहरू