चैतमा चुनाव जितेका वकिलहरुले नयाँ वर्षमा पद पाउने
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको २६औँ कार्यसमितिले आगामी बैशाख ३ गते पदभार ग्रहण गर्ने भएको छ । वार्षिक साधारणसभाका दिन पारेर बारले नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्न लागेको हो ।
बारको चैत १९ गते सम्पन्न नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको वाम–लोकतान्त्रिक गठबन्धनले प्यानल जितेको थियो ।
अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । अध्यक्ष घिमिरेसहित कार्यसमितिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएर पुरानो कार्यसमितिले पदभार सुम्पिने छ ।साधारणसभा तथा पदभार ग्रहण कार्यक्रम बग्गीखाना नजिकै को स्काई दरबार पार्टी भेन्युमा दिउँसो १ बजे हुने बताइएको छ ।
टिप्पणीहरू