निर्वाचन पर्यवेक्षणको लागि ६५ संस्थाको निवेदन

निर्वाचन पर्यवेक्षणको लागि ६५ संस्थाको निवेदन

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो ।

‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४ सय ६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६ सय ९४, महिला ८ हजार ४ सय ८२ र अन्य २ सय ९१ जना रहेका छन् ।

निवेदनमाथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्वन्धी निर्णय गरिने आयोगले बताएको छ ।

टिप्पणीहरू