मेलिना राईको विवाह पक्का, २ वर्षअघिको इन्गेजमेण्ट बल्ल सार्वजनिक
गायिका मेलिना राईले विवाह गर्ने पक्का भएको छ । हुनेवाला श्रीमानसँग दुई वर्षअघि इन्गेजमेन्ट भए पनि त्यसबेलाको फोटो बल्ल सार्वजनिक गरिएको छ ।
उनी र गिटारिष्ट सञ्जिव बराइलीबीच चार पाँच वर्षदेखि प्रेम सम्बन्ध थियो । उनीहरुले यो वर्ष विवाह गर्ने योजना बनाएको बताइएको छ ।
२८ वर्षकी मेलिना दार्जिलिङमा जन्मेकी हुन् । उनको पछिल्लो चर्चित गीत ‘कुटुमा कुटुु सुपारी दाना’ हो ।
टिप्पणीहरू