भारतीय गएपछि अमेरिकी राजदूतको बिदाइ

भारतीय गएपछि अमेरिकी राजदूतको बिदाइ

अमेरिकी राजदूत र्‍याण्डी बेरी स्वदेश फर्किने तयारीमा हुनुहुन्छ । उहाँले सोही क्रममा आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गर्नुभएको छ ।

राजदूत बेरीले मन्त्री खड्कासँग आज दिउँसो ४ बजेदेखि परराष्ट्र मन्त्रालयमा विदाइ भेट गर्नुभएको हो । यसअघि भारतीय राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा बढुवा भएर अस्ति नयाँ दिल्ली फर्किसक्नुभएको छ ।

अहिले भारतीय दूतावासमा चार्ज डे अफेयर्स नाम्ग्या सी खाम्पा छिन् ।

टिप्पणीहरू