गंगामाया अस्पतालको बेडबाट आँगनमा,७ जना वकिलमाथि गम्भीर आरोप

गंगामाया अस्पतालको बेडबाट आँगनमा,७ जना वकिलमाथि गम्भीर आरोप

छोरोलाई माओवादीले मारेको र छोरो मार्नेलाई कारवाहीको माग गर्दै अनसनमा बसेका श्रीमानको पनि निधन भएदेखि गंगामाया पटक पटक धर्ना र अनसनमा बस्दै आएकी छन् । पछिल्लो पटक अस्ति बुधबारदेखि अनसनमा बसेकी हुन् ।

उनले श्रीमान र छोराको फोटो झुण्डाएर खै न्याय ? भनेकी छन् । श्रीमान नन्दप्रसाद अधिकारीको अनसन बसेको तीन सय ३४ औं दिन निधन भएकाले न्याय माग्दै उनले अनसन थालेको बताएकी छन् । अधिकारीको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहस्थित ४ नम्बर बाकसमा बर्षौँदेखि राखिएको छ ।

उनले आफ्नो मागमा भाँजो हालेको भन्दै सात जना वकिललाई अन्तर्राष्ट्रिय दलालको संज्ञा दिएकी छन् । उनले आरोप लगाएका वकिलहरुमा ईन्द्र अर्याल, ओमप्रकाश अर्याल,ओमप्रकाश सेन ठकुरी,मन्दिरा शर्मा,दिनेश त्रिपाठीलगायत छन् ।

साथै,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई फाँसीको माग गरेकी छन् । उनी लामो समयदेखि अस्पतालको क्याबिनमा बस्दै आएकी थिइन् । त्यहाँबाट झरेर आगनमा आएकी हुन् ।

टिप्पणीहरू