एमाले उम्मेदवारको निधन

एमाले उम्मेदवारको निधन

बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका एक जना उम्मेदवारको निधन भएको छ । नेपका एमालेका तर्फबाट रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का दलित महिला सदस्य पदमा उम्मेदवार बनेकी कुसुमी पासिनको मृत्यु भएको हो ।

हिजो निधन भएकी कुसुमीबारे निर्वाचन आयोगलाई जानकारी गराइएको स्थानीय निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । अब निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाइने निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ ।

टिप्पणीहरू