पर्यटक बढेपछि पर्यटन व्यवसायीहरु दंग

पर्यटक बढेपछि पर्यटन व्यवसायीहरु दंग

सन् २०२२ को अप्रिलमा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा एक सय ६० प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष सोही अवधिमा २२ हजार चार सय ५० जना पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागकाअनुसार अप्रिल महिनामा नेपालबाट ५२ हजार छ सय ६३ जना पर्यटक बाहिरिएका छन् ।

कोरोना माहामारीको दुई वर्षपछि पर्यटक आगमनको संख्या बिस्तारै बढ्दै गएको छ । तथ्याङ्कअनुसार मार्च महिनामा ४२ हजार पर्यटक नेपाल आएका थिए । मार्चको तुलनामा अप्रिलमा १६ हजार बढी पर्यटक नेपाल घुम्न आएका हुन् । पर्वतारोहणको समय भएकाले पनि पर्यटकको संख्या बढेको देखिन्छ ।

नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२२ को जनवरीमा विभिन्न मुलुकबाट १६ हजार नौ सय ७५ जना पर्यटक नेपाल आएका थिए । यस्तै फेब्रुअरीमा १९ हजार सात सय ६६ जना पर्यटक भ्रमणमा आएका थिए ।

उक्त संख्यामध्ये भारत, बंगलादेश, बेलायत, जर्मनी, फ्रान्स, चीन लगायतका मुलुकबाट नेपाल भ्रमणका लागि आएका पर्यटकको संख्या बढी हो ।

टिप्पणीहरू