सगरमाथामा सांगीतिक कन्सर्ट
गायक राजु लामाले सगरमाथा पुगेर एकल कन्सर्ट गरेका छन् । उनले छ हजार पाँच सय ७४ मिटरको उचाइमा कन्सर्ट गरेका हुन् ।
जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प–३ मा पुगेर गीत गाएका हुन् । उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ ।
राजुले त्यहाँ पुगेर आफ्नो सार्वजनिक नभएको ’हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीत गाएका हुन् । यसबाहेक उनले मंगोलियन हार्ट ब्याण्डका थुप्रै चर्चित गीतहरू पनि गाएका थिए ।
गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन्,–’६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन,’ ’तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्यो । हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो ।’
यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर विश्व रेकर्ड राखेका थिए । उक्त रेकर्डलाई तोड्दै गायक राजु नयाँ कीर्तिमान राख्न सफल भएका छन् ।
भिडियाे BBC बाट साभार :
https://www.facebook.com/watch/?v=1349689445525784
टिप्पणीहरू