नर्सहरुको एक वर्षको परीक्षा तालिका प्रकाशित
नेपाल नर्सिङ परिषद्ले यो वर्षका लागि नाम दर्ता (लाइसेन्स) परीक्षाको क्यालेण्डर प्रकाशित गरेको छ । परिषद्बाट नियमित रुपमा सञ्चालन हुँदै आइरहेको लाइसेन्स परीक्षाको क्यालेण्डर सार्वजनिक गरिएको हो ।
प्रस्तावित तालिकाअनुसार आउँदो असार २५ गते पहिलो परीक्षा तोकिएको छ । त्यसैगरी, मंसिर ३ गते दोस्रो र चैत ४ गते तेस्रो चरणको परीक्षा हुने परिषद्ले जनाएको हो ।
तीनवटै परीक्षा शनिबार हुने तालिका निर्धारण गरिएको छ ।
टिप्पणीहरू