यो वर्ष पनि बर्खा नलाग्दै मेलम्ची बन्द गरिने
यो वर्ष पनि मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षायाम सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी रोक्ने भएको छ । बैशाख ११ गतेबाट पानी पुनः काठमाडौँ ल्याउन थालिए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुर्याओस् भन्ने उद्देश्यले पानी रोक्न लागिएको बताइएको छ ।
गत वर्ष असार १ गते राति आएको बाढी र पहिरोले आयोजनामा ठूलो क्षति पुगेको थियो । अहिले पनि सुरुङभित्र बाढी नछिरोस् भन्ने उद्देश्यले वर्षा अगावै बन्द गर्न लागिएको हो ।
हाल दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याएर वितरण भइरहेको छ ।
टिप्पणीहरू