एमाले उम्मेदवारको घरछेउमा नक्कली बम
स्याङ्जामा एमाले उम्मेदवारको घर जाने बाटोमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
एमालेका तर्फबाट भीरकोट नगरपालिकाको मेयरका उम्मेदवार विश्वनाथ अर्यालको घर जाने बाटोमा आज बिहान साढे ६ बजेतिर प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले उक्त वस्तु बम नभएको पुष्टि भएको बताएको छ ।
शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै नेपाली सेनाको समिरजित गुल्मबाट क्याप्टेन अनुपम अर्यालको कमाण्डमा बम डिस्पोजल टोली खटिएको थियो । निष्क्रिय बनाउने क्रममा कुकरभित्र पाँचवटा सानो ढुंगा र लाइटमा प्रयोग हुने एक थान ब्याट्री भेटिएको जनाइएको छ ।
टिप्पणीहरू