भक्तपुरमा जागिर खुल्यो

भक्तपुरमा जागिर खुल्यो

भक्तपुर क्यान्सर अस्पताललाई मेडिकल अधिकृतको खाँचो परेको छ । अस्पतालले केही संख्यामा कर्मचारीको निम्ति दरखास्त आह्वान गरेको हो ।

६ महिने करार सेवाका लागि १५ दिनभित्र लिखित दरखास्त दिन भनिएको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उत्तीर्ण भई नेपाल काउन्सिलमा दर्ता भएकालेले आवेदन दिन सक्ने जनाइएको छ ।

एक हजार रुपैयाँ शुल्क तिरेर प्रक्रियाबमोजिम आवेदन दिन सकिने आज प्रकाशित विज्ञापनमा उल्लेख छ । लिखित र अन्तरवार्ता गरेर दुई किसिमको परीक्षा दिनुपर्ने अस्पतालले जनाएको छ ।

दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट लिखित परीक्षाको मिति तोकिनेछ । लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुलाई मात्र अन्तरवार्तामा बोलाइनेछ ।

टिप्पणीहरू