गायक लामा सगरमाथामा पुगे
गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज बिहान ६ बजे सगरमाथा शिखर पुग्न सफल भएका हुन् । यसअघि उनले सगरमाथाको ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर विश्व कीर्तिमान बनाएका थिए ।
जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सगरमाथाको क्याम्प–२ र क्याम्प–३ बिचमा पुगेर एकल कन्सर्ट गरेका थिए । लामाले लोबुचे पिकको सफल आरोहण गरेका थिए ।
इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा आरोहणमा गएको टोलीमा राजु लामासहित २७ जना छन् । टोलीमा ८ जना विदेशी र अन्य नेपाली रहेका छन् ।
टिप्पणीहरू