मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,एक घाइते

धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहको दारेगौँडा नजिक आइसर ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।

नीलकण्ठ नगरपालिका-७ का २९ बर्षीय अर्जुनप्रसाद पोखरेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनी बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट नीलकण्ठ नगरपालिका वडा नं ७ को वडा सदस्यका उम्मेदवार समेत हुन् ।

धादिङबेसीबाट मलेखु जाँदै गरेको बा ५ ख ७०७२ नम्बरको आइसर र धादिङबेसी आउँदैै गरेको बागमती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा नीलकण्ठ नगरपालिका वडा नं ३ का २४ बर्षीय सन्तोष अधिकारी गम्भीर घाइते छन् । अधिकारीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

टिप्पणीहरू