मर्न हिँडेका राजेशलाई समातेर अस्पताल पुर्याइयो
सुसाइड गर्न भनी घरबाट निस्किएका एकजनालाई प्रहरी टोलीले उद्धार गरेको छ । इलाम घर भई अहिले ललितपुरको गोदावरी नगरपालिका–४ बस्ने ३० वर्षीय राजेश लिम्बुलाई प्रहरी टोलीले मर्नबाट बचाएको हो ।
लिम्बु ‘सुसाइड गर्छु’ भनेर घरबाट हिँडेको सूचना प्राप्त हुनासाथ प्रहरी,उनका आफन्त र घरधनीले खोजतलास शुरु गरेका थिए । खोज्ने क्रममा ललितपुरको बडिखेलस्थित तपेश्वर जंगलमा विषादी सेवन गरेर लडिरहेको अवस्थामा फेला परे ।
हाल उनको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।
टिप्पणीहरू