‘सर’हरुले पढाउन जाँदा खैरो सुट लगाउनुपर्ने
शिक्षा मन्त्रालयले शिक्षक कर्मचारीको पोशाक फेर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेस प्रसाद पौडेलले आज सम्बन्धितहरुलाई चिठी पठाएर ड्रेस फेरिएकोबारे जानकारी गराएका हुन् ।
नयाँ ड्रेस कोडअनुसार अब शिक्षकहरुले पढाउन जाँदा गाढा खैरो कलरको सुट, हल्का निलो शर्ट र कालो जुत्ता पहिनिएर जानुपर्ने छ । ज्याकेट लगाउने शिक्षकहरुले गाढा खैरो र स्विटर कलेजी रंगको लगाउनु पर्नेछ । साडी, कुर्तासुरुवाल र ब्लाउज भने पुरानै कायम गरिएको छ ।
‘विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुको हाल प्रचलनमा रहेको पोशाक परिवर्तन गर्ने सन्दर्भमा नेपाल शिक्षक महासंघबाट समेत अनुरोध भई आएको हुँदा देहाय बमोजिम हुनेगरी पोशाक परिवर्तन गरिएको व्यहोरा यस केन्द्रको मिति २०७९ जेठ ६ गतेको निर्णनुसार अनुरोध छ’, पत्रमा भनिएको छ, ‘तोकिए अनुसारको पोशाक चालू शैक्षिक सत्रभित्र कार्यन्वयनको व्यवस्था मिलाउनुहुन अनुरोध छ ।’
नयाँ पोशाकको नमूना नेपाल शिक्षक महासंघबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
टिप्पणीहरू