अलपत्र छाड्ने धुर्मुस–सुन्तली, जिम्मा लिने सरकार
हाँस्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले अलपत्र पारेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा सरकारले लिने भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उक्त रंगशाला निर्माणको योजनालाई समेटिएको हो । ऋणमा डुबेको भन्दै धुर्मुस टक्टकिएपछि भरतपुर महानगरले जिम्मा लिएको रंगशाला निर्माण कार्य टुङ्गोमा पुर्याउने गरि सरकारले नीति कार्यक्रममा समेटेको छ ।
अर्बौं लगानीको बहुचर्चित रंगशाला निर्माणमा जोशिएर लागेका धुर्मुसले जनस्तरबाट करोडौँ रकम उठाएका थिए । भरतपुर महानगरपालिकाले पनि १० करोड रुपैयाँ सहयोग गरेको थियो । चितवनका मात्रै ३० हजार बढीले रंगशालामा सहयोग गरेका छन् ।
तर, अपेक्षाकृत सहयोग संकलन हुन नसकेको भन्दै धुर्मुसले हात उठाएपछि निर्माण रोकिएको हो ।
टिप्पणीहरू