साइकल चढेर रजश्वला दिवस मनाइने

साइकल चढेर रजश्वला दिवस मनाइने

अन्तर्राष्ट्रिय महिनावारी दिवसका दिन काठमाडौँमा बृहत र्‍याली निस्कने भएको छ । दिवसको अवसर पारेर एक्सपोज नेपालले आगामी शनिबार ‘विद्यालयमा महिनावारी’ भन्ने नाराका साथ र्‍यालीसहितको कार्यक्रम गर्न लागेको  पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ ।

एक्सपोजले सञ्चालनमा ल्याएको च्यारिटी शप र विभिन्न दिदीबहिनीले उत्पादन गरेको पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रवद्र्धनका लागि पनि कार्यक्रम आयोजना गरेको बताइएको छ ।

आयोजकका अनुसार रसायनरहित, कम खर्चिलो, स्वस्थ हुने प्याड र साइकलको सम्बन्ध जोडेर कार्यक्रम गरिनेछ । र्‍यालीमा तीन सय जना साइकलयात्रीले सहभागिता जनाउने छन् ।

बसन्तपुरबाट सुरु हुने र्‍याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ । यस्ता कार्यक्रमले धेरैभन्दा धेरै महिला र पुरुषहरुलाई महिनावारी चेतना दिन महत्वपूर्ण भूमिका खेल्ने गर्ने आयोजकको विश्वास छ ।

एक्सपोजले २३ जिल्लाका चार हजार नौ सय जना महिलाहरुलाई चेतना वृद्धिसहित आर्थिक उपार्जनको काम पनि गर्दै आएको छ ।

टिप्पणीहरू