एम्बुलेन्स पल्टिँदा वृद्धा ठहरै

एम्बुलेन्स पल्टिँदा वृद्धा ठहरै

सिन्धुपाल्चोकमा एम्बुलेन्स सडक छेउको कटेजमा बज्रिँदा एक जनाको ज्यान गएको छ । सुनकोसी गाँउपालिका–७ दुई किलोमा गएराति एम्बुलेन्स अनियन्त्रित भई सडक छेउमा रहेको कटेजमा पल्टिएको हो ।

कटेजमा निदाइरहेकी अन्दाजी ७९ वर्षीया मनमाया खड्काको एम्बुलेन्सले थिचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखाबाट काठमाडौं आउँदै गरेको बा.२० च ६३२७ नम्बरको एम्बुलेन्स पल्टिँदा गम्भीर घाइते भएकी उनको स्थानीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

एम्बुलेन्सका चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

टिप्पणीहरू