बालबालिकालाई फाईजर कम्पनीको खोप दिइने

बालबालिकालाई फाईजर कम्पनीको खोप दिइने

सरकारले आगामी असार १५ गतेबाट बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने भएको छ । पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो ।

यसअघि फाइजर खोप लगाएका २१ जिल्लाका बालबालिकालाई पहिलो प्राथमिकतामा राखिएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाले जनाएको छ ।

त्यसको निम्ति असार पहिलो साता १५ लाख डोज फाइजर खोप ल्याउने शाखाले जानकारी दिएको छ । बाँकी ५६ जिल्लामा क्रमशः खोप कार्यक्रम सञ्चालन गर्दै लगिने छ । ती जिल्लाका लागि कोभ्याक्स सुविधामार्फत खोप नेपाल ल्याइनेछ ।

टिप्पणीहरू