सुक्खा पहिरोमा पुरिएर दुई जनाको मृत्यु
संखुवासभामा सुख्खा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । चैनपुर नगरपालिका-१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २० वर्षीय हेम बहादुर मगरको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
चैनपुर नुनढाकी सडकमा तार जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेको थियो । सोही सुख्खा पहिरोमा उनीहरु पुरिएका हुन् ।
प्रहरीका अनुसार मृतक दुवै जनाको घटनास्थलबाट उद्दार भईसकेको छ ।
टिप्पणीहरू