भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका ८ बस्ने २१ वर्षीय विश्वास गुरुङ हुन् । उनी चितवनकै कालिका नगरपालिका ४ का स्थायी बासिन्दा हुन् ।

गएराति खैरहनी नगरपालिका ९ सिमलटाँडी नजिकै जेएच ०१ डिएक्स ७७–३९ नम्बरको भारतीय नम्बर प्लेटको कारले बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुरुङ सख्त घाइते भएका थिए ।

उपचारको क्रममा उनको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए ।

ठक्कर दिने कार र चालक बिहारको पश्चिम चम्पारण जगदीशपुर ४ बस्ने ३५ वर्षीय आलोक कुमारलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

टिप्पणीहरू