कांग्रेस बैठक

उम्मेदवार छान्न कांग्रेसमा किचलो

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन बसेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको बैठक त्यसै सकिएको छ ।  उम्मेदवार चयन गर्न आज दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक बसेको थियो । तर, संस्थापन र इतर खेमाबीच कसलाई उम्मेदवार बनाउने भन्नेमा कुरा नमिलेपछि निष्कर्षविहीन भएको हो ।  मुख्यगरी इलाम-२ मा सभापति देउवा र इतर पक्षका नेता शेखर कोइरालाले आफू निकटलाई टिकट दिन चाहेपछि उम्मेदवार छनोटमा विव…