मेटमणी चौधरी

प्रधानमन्त्रीले विश्वासको मत नलिएकोमा संसद्मा प्रश्न

नेकपा एकिकृत समाजवादीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्तै विश्वासको मत लिन सुझाएका छन् ।  सरकारमा सामेल दुई वटा दलले समर्थन फिर्ता लिँदा पनि विश्वासको मत नलिएका प्रधानमन्त्रीलाई उनले बहुमत परीक्षण गर्न सल्लाह दिएका हुन् । संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत नियुक्त प्रधानमन्त्रीले साझेदार दलले समर्थन झिकेपछि विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता चौधरीले सम्झाए ।  सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए एक महिनाभित्र प्रधानमन्त्रीले…