घुससहित फेला परेका प्राविधिकहरु भ्रष्टाचारमा तानिए
घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धामीसहित कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध पनि मुद्दा अघि बढाएको छ ।
आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले गत असार ३१ गते उनीहरुलाई चार लाख १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । त्यस्तै, अशोकको नाममा लेखिएको साढे दुई लाखको दुईवटा चेक पनि अख्तियारले बरामद गरेको थियो…