समाचार

नेता बाझ्दाका नालीबेली

एमाले फकाउन अनेक जुक्ति निकालेर पनि नसकेपछि नेताबीच बाझाबाझ नै चल्यो, तीन दलको बैठकमा । केपी ओलीले भनेको एकथोक, प्रधानमन्त्री प्रचण्डले बुझेको अर्कै थोक हुँदा भनाभनकैबीच बैठक सकिएको हो । प्रचण्डले केपीलाई ‘चर्को विरोध नगरिदिनुस्, नरम भइदिनुस्, संशोधन प्रस्ताव मैले ल्याउनै पर्ने भएको छ, जसरी पनि ल्याउँछु’ भने । तर, केपी मानेनन् । अनि, भने, ‘अस्ति त कुरा मिलेकै थियो । आज कसरी फरक प¥यो ?’ केपीले जवाफ फर्काए, ‘के फरक कुरा गरेँ मैले ?&rs…