छोरीले रिस पोखेरै छाडिन्- ‘ब्ल्याक डे इन दी हिस्ट्री अफ जस्टिस !’
लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले आइतबार अपराह्न साढे चार बजे अख्तियार प्रमुखका रुपमा अयोग्य ठहर गर्दै नियुक्ति बदर गरेको साढे चार घण्टापछि फेसबुकको भित्तामा भेटिएको टिप्पणी हो यो । चिकित्सा पेशामा रहेकी र अख्तियारमै विज्ञको रुपमा भर्ति गरिएकी लोकमानपुत्री आध्याले राति ९ बजेर १ मीनेट जाँदा त्यसदिनलाई ‘अदालती इतिहासको कालो दिन’ घोषणा गरिन् ।
छोरीले बाबुलाई सहानुभूति प्रकट गर्दै यस्तो टिप्पणी गर्दा साहित्यकार नरेन्द्रराज प्रसाईले पाँच मीनेटपछि लोकमानलाई ढाडस द…