कारागारबाट फरार कैदी ससुराली पुगेर मस्त
मकवानपुरको भीमफेदी कारागारबाट फरार दुई जना कैदीलाई प्रहरीले पक्रेको छ । बारा जिल्ला प्रहरीले फरार दुई कैदी र यसबीचमा चोरीमा संलग्न भएको अभियोग लागेका एक युवकलाई पनि नियन्त्रणमा लिएको छ ।
भदौ २६ गते भीमफेदी कारागारबाट भागेका विश्रामपुर गाउँपालिका–५, नकटुवा टोलका २१ वर्षीय शेख आजादलाई प्रहरीले विश्रामपुरमै लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ । लागुऔषध मुद्दामा एक वर्ष दुई महिना कैद सजाय पाएका उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायव…