सिन्धुपाल्चोकमा एसियाकै पहिलो र्याफ्टिङ स्कुल
- लेखनाथ सिकारू
साहसिक पर्यटन प्रवर्द्धनलाई थप सहयोग पुर्याउने उद्धेश्यले सिन्धुपाल्चोकको बलेफीस्थित भोटेकाशी किनारमा एसियाकै पहिलो र्याफ्टिङ स्कुल निर्माण भइरहेको छ । बलेफी गाउँपालिका–५ भोटेकोशीस्थित सुनकोशी नदी किनारमा शुरु हुन गइरहेको उक्त स्कुलमा जलस्रोतसँग सम्बन्धित आपतकालीन उद्धारमा खटिने दक्ष जनशक्ति उत्पादन, र्याफ्टिङसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान, शैक्षिक अध्ययन तथा अनुसन्धान प्रवर्द्धनका साथै जल पर्यटनलाई आयआर्जनसँग जोड्न सिकाइनेछ ।
…