बोलेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीहरुको माग
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिन विपक्षी दलहरु तयार भएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलपछि उनीहरु गृहमन्त्रीलाई संसदमा आफ्नो कुरा राख्न दिन सहमत भएका हुन् ।
गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उनीहरुको अडान भने कायम छ ।
बिहान ११ बजे डाकिएको बैठक दिउँसो २ बजे स्थगित गरेर भोलिलाई सारिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुनुहुनेछ । उहाँ म्याग्दीको …