गुरु बा, गुरु आमाले यसो नगरे कति राम्रो हुन्थ्यो !
शिक्षकहरु समाजको बौद्धिक वर्ग हुन् । उनीहरुलाई समाज र राष्ट्र निर्माता पनि भनिन्छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा छन् ।
यति लामो आन्दोलनका कारण सर्वसाधारणले अनाहक सास्ती पाइरहेका छन् । सडक पुरै छेकेर आन्दोलन गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको छ । गन्तव्यमा पुग्न सर्वसाधारणलाई सास्ती छ । मुख्य सडक नै बन्द हुँदा उनीहरु घुमेर गन्तव्यमा पुग्न बाध्य छन् । घटना अस्तिको हो,एक स्कुटर चालक बबरमहलतर्फ आइरहेका…