साम्बामाथि एन्फाको किन यस्तो व्यवहार ?
खेलमा हार-जित स्वभाविक हो, तर कुनै कुनै हार स्वीकार गर्न कठिन हुन्छ । हिजो नेपाली महिला फुटबल टोलीले व्यहोरेको पराजय त्यस्तै एउटा हार हो ।
हिजो साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलमा नेपाली टोली बंगलादेशसँग पराजित भयो । लगातार दोस्रो संस्करण फाइनल पुगेको नेपालले उपाधि रक्षा गर्न चुकेपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ । सामाजिक सञ्जालमा कतिपयले खेलाडीहरुलाई निरुत्साहित नहुन हौसला दिइरहेका छन् भने अखिल नेपाल फुटबल स…