बालेनपछि कुलमानले धोका दिएकाे आराेप
बञ्चरेडाँडा ल्यान्ड फिल साइटका प्रभावित स्थानीयहरुले भोलिदेखि फोहोरका गाडीमा रोक लगाउने भएका छन् । नुवाकोटको ककनी गाउँपालिका, बेलकेटगढी नगरपालिका र धादिङको धुनिबेशी नगरपालिकाका स्थानीयले सरकारले बारम्बार ढाँट्दै आएको भन्दै फोहोर गाडी चल्न नदिने निर्णय गरेका हुन् ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कात्तिक १६ गते ल्यान्ड फिल साइटमै पुगेर स्थानीयसँग १५ दिनभित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । तर यसबीचमा माग सम्बोधनको लागि कुनै प्रयास नै नगरि…