‘हात्ती महोत्सव’ को रौनक, भीमकाय जनावरको कौशल हेर्न हजारौंको भीड

‘हात्ती महोत्सव’ को रौनक, भीमकाय जनावरको कौशल हेर्न हजारौंको भीड फोटो स्रोत : सिन्ह्वा

दक्षिणपूर्वी एसियाली राष्ट्र लाओसमा वर्षैपिच्छे आयोजना गरिने हात्ती महोत्सव यस पटक पनि सम्पन्न भएको छ । राजधानी भेन्टियानबाट झण्डै एक सय ७० किलोमिटर उत्तरपश्चिममा रहेको जायाबोरी प्रान्तमा हात्ती महोत्सव आयोजना हुने गरेको छ ।

फेब्रुअरी १८ देखि शुरु भएको यस पटकको महोत्सवमा धेरै दर्शकको सहभागिता थियो । चिनियाँ समाचार समितिका अनुसार यस पटक ७५ वटा हात्तीले आफ्ना प्रस्तुति देखाएका थिए । 

यो महोत्सव सन् २००७ देखि नियमित रुपमा आयोजना हुँदै आएको छ । तर, विश्वमा कोरोना महामारीको प्रकोप देखिएपछि पछिल्ला तीन वर्ष महोत्सव स्थगित गरिएको थियो । लामो समयपछि आयोजना गरिएकाले यस पटक महोत्सवमा धेरै दर्शक उपस्थित भएको बताइन्छ । 

टिप्पणीहरू