पाल्पामा ग्यास सिलिण्डर बिस्फोट : महिला घाइते, घरमा क्षति

पाल्पामा ग्यास सिलिण्डर बिस्फोट : महिला घाइते, घरमा क्षति

पाल्पामा आज बिहान खाना पकाउने ग्यास सिलिण्डर पड््केको छ । भान्छामा पड्ेको सिलिण्डरका कारण महिला घाइते भएकी छन् भने घरमा क्षति पुगेको छ ।

बेगनासकाली गाउँपालिका ८, बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा ग्यास सिलिन्डर पड्केको बताइएको छ । बिस्फोटपछि लागेको आगोमा पम्फा घिमिरे घाइते भएकी छन् ।

आगोले घरमा समेत क्षति पुगेको छ । घाइते महिलाको अवस्था खतरामुक्त रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू