एनएमबिको नयाँ योजना : क्यूआरमार्फत् पहिलो भुक्तानीमा एक हजार बोनस

एनएमबिको नयाँ योजना : क्यूआरमार्फत् पहिलो भुक्तानीमा एक हजार बोनस

विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यले एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि क्युआर भुक्तानीमा हजार रुपैयाँको बोनस अफर ल्याएको छ । बैंकमा खाता खोलेका मर्चेन्टहरुले हजार रुपैयाँभन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिँदा हजार रुपैयाँको नै बोनस जित्ने मौका पाउने बताइएको छ । 

यो अफर गत फागुन १५ गतेदेखि सञ्चालनमा ल्याइएको हो । बैंकले यस योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा चल्ति खाता हुनुपर्ने जनाएको छ । विगत २६ वर्षदेखि बैकिङ्ग क्षेत्रमा अनवरत सेवा प्रदान गर्दै आइरहेको एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । 

बैंकले हालसम्म देशभरका विभिन्न स्थानमा आफ्ना २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

टिप्पणीहरू