त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको नयाँ अध्यक्ष

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको नयाँ अध्यक्ष

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालय कमिटीको अध्यक्ष पदमा विष्णुबहादुर वडैलालाई नियुक्ति गरेको  छ । नेविसंघले लामो समयदेखि रिक्त उक्त पदमा आज वडैलालाई मनोनित गरेको हो । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्ष पद रिक्त भएको हुनाले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम तीन महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी तपाईँलाई नेपाल विद्यार्थी संघ नेपाल त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।’

त्रिविमा स्ववियु सभापति जितेर पुरानो विरासत फर्काएको नेविसंघले लगत्तै संगठनको नयाँ नेतृत्व अघि सारेको हो ।
 

टिप्पणीहरू