चुलोको आगोले घर र गोठ भष्म, लाखौँ खरानी
![चुलोको आगोले घर र गोठ भष्म, लाखौँ खरानी](https://janaaastha.prixacdn.net/media/albums/ago-lagi-12_M5QLEgQV8I.jpg)
दाङको बबईमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
बबई गाउँपालिका वडा-५ जौबारीका ६४ वर्षीय जंगबहादुर थापाको घरमा हिजो दिउँसो आगलागी हुँदा तीन लाख ३४ हजार मूल्य बराबरको धनमाल जलेको हो । प्रहरीका अनुसार थापाको घरको चुलोबाट सल्किएको आगो घर र गोठसम्म पुग्दा उक्त धनमाल जलेर नष्ट भएको हो ।
आगलागी स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू