‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द संसद्को रेकर्डबाट 'डिलिट'

‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द संसद्को रेकर्डबाट 'डिलिट'

सभामुख देवराज घिमिरेले भारत भ्रमण पूरा गरी स्वदेश फर्किंदा प्रधानमन्त्री ‘भैंसी चढेर आउनु भयो’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिनुभएको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनका क्रममा बोलिएको ‘भैंसी चढेर’ शब्द तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले बोलेको ‘प्रधानमन्त्री भैंसी चढेर आउनुभयो’ भन्ने शब्द हटाउन सभामुखले सचिवालयलाई निर्देश गर्नुभएको हो । 

यस विषयले बैठकमा केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नियमापत्ति जनाउन होडबाजी नै चलेको थियो ।

टिप्पणीहरू