एकीकृत समाजवादीको माघमा सम्मेलन, जेठमा महाधिवेशन

एकीकृत समाजवादीको माघमा सम्मेलन, जेठमा महाधिवेशन

नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा हुने भएको छ ।  हिजो र आज बसेको पार्टी सचिवालय बैठकले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिएको छ । 

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आगामी माघ १४ देखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशन तयारी नपुेकाले जेठसम्म धकेलिएको हो । तर पार्टीको विधानबारे छलफल गर्न माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ ।

बैठकले महाधिवेशनमा पेस गरिने दस्ताबेजहरूको मस्यौदा तयारीको निम्ति अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय टोली तोकिएको छ । पार्टीमा नेताहरुको ७० वर्षे उमेर हदबारे एकमत देखिँदैन ।

विधान संशोधन प्रस्तावको निम्ति उपाध्यक्ष डा. वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनाइएको छ ।

टिप्पणीहरू