खुमलटारमा हिजो राष्ट्रपति, आज प्रधानमन्त्री

खुमलटारमा हिजो राष्ट्रपति, आज प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा प्रतिष्ठानका नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । उहाँले नास्टको ४१ औं वार्षिकोत्सवको अवसरमा प्रविधि संकाय भवन र दुई वटा बायोमेडिकल अनुसन्धान प्रयोगशालाको उद्घाटन गर्नुभएको बताइएको छ । 

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नास्टले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका दिएको र नवनिर्मित भवनले उक्त अवसरमा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ । केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ ।’

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलगायत झण्डै दुई सय जनाको उपस्थिति छ । 

राष्ट्रपति रामचन्द्र पौडेल हिजो अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ४० औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन खुमलटार पुग्नुभएको थियो ।

टिप्पणीहरू